उत्तर कोरियाद्धारा पुनः अर्को मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले कोरियाली प्रायद्वीपको पश्चिम तटीय समुद्रतर्फ क्रुज मिसाइल प्रक्षेपण गरेको हो । दक्षिण कोरियाली सेना र अमेरिकी सेनाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्न थालेपछि उत्तरले निरन्तर लामो तथा छोटो दूरीका मिसाइल प्रक्षपण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उत्तरले आफ्नो पूर्वी तटमा दुई वटा व्यालेस्टिक मिसाइल प्रक्षपण गरेको केहीदिन पछि आज शनिबार बिहानै अर्को प्रक्षेपण गरेको दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरुले बताएका छन् । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार अमेरिका र दक्षिण कोरियाका सेनाहरुले उत्तरका गतिविधि संयुक्त रुपमा निगरानी गरिरहेका छन् । सो प्रक्षेपणमार्फत दक्षिण कोेरिया र अमेरिकी सेनाले ११ दिनसम्म गरेको उच्च सैन्य अभ्यासलाई चुनौती दिएको उत्तर कोेरियाली अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाले लामो समयदेखि आफ्नो भूभाग भन्दै दावी गरिरहेको स्थानमा सियोल र वासिङटनले परेड खेलपछि त्यसको प्रतिक्रिया भएको जनाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई कुनै पनि ब्यालेस्टिक मिसाइल प्रक्षेपण र परीक्षण गर्न प्रतिवन्ध लगाएपनि उसले त्यसको बेवास्ता गर्दै निरन्तर लामो तथा छोटो दूरीका मिसाइलहरु प्रक्षपण गरिरहेको छ ।

प्रतिक्रिया