भारतद्वारा सौर्य मिसन आदित्य एल–वान प्रक्षेपण, यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरीमा पुगेर सूर्यको अध्ययन गर्ने

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिवार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो । यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेको भएपनि भारतको भने यो पहिलो मिसन हो । भारतको अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरीमा पुगेर सूर्यको अध्ययन गर्ने इसोरोले जनाएको छ । उक्त दूरी पूरा गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ । यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ ।

प्रतिक्रिया