१५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजारमा नेप्से परिसूचक १५.९३ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से २७३४ विन्दुमा कायम भएको छ । 

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोड रुपैयाँको भयो । आज कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो ।

आज होटल समूह ३.६३, बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशतले घट्दा व्यापार समूह ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशतले बढ्यो । 

खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दा सपोर्ट माइक्रोफाइनान्सको ८.३, नेपाल फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.५ तथा तारागाउँ रिजेन्सीको मूल्य ६.१ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रसुवागढी हाइड्रोपावर र जानकी फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया