गौ हत्याको विरोध गर्दै बुटवलमा शान्तिपूर्ण ¥यालीको आयोजना, नेपाललाई हिन्दु अधिराज्य कायम गराएरै छाड्ने राप्रपा नेताहरुको दाबी

काठमाडौं । धरानमा भएको गौहत्याको बिरोध गर्दै रुपन्देहीको बुटवलमा धार्मिक संघ संस्थाको अगुवाईमा शान्तिपूर्ण ¥याली निकालिएको छ । बुटवलको राजमार्ग चाशेराहबाट निस्केको शान्तिपूर्ण ¥याली मिलनचोक अस्पताल लाईन हुँदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको हो । कोणसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल, उपाध्यक्ष रविन्द्र मिश्र, नेता ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गरेका गरेका हुन् । उनीहरूले गौहत्याको बिरोध गर्दै नेपाललाई हिन्दु अधिराज्य कायम गराएरै छाड्ने दाबी गरे । 
नेताहरुले हिन्दु राष्ट्र पुनस्र्थापना गराएर मात्रै आन्दोलन रोक्नुपर्ने पनि बताए ।

प्रतिक्रिया