वीरगञ्ज भन्सारमा निर्यात वृद्धि

वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँ स्थित भन्सार कार्यालय बाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड ७ लाख १० हजारका सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सारले मात्र  १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँ बाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचा लगायत उत्पादन निर्यात भएको छ ।सुक्खा बन्दरगाह बाट १ अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् । 

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ । 
रासस 

प्रतिक्रिया