एक करोडको लगानीमा बाख्रापालन

बागलुङ । केही वर्ष अघि सम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । 

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् । 

काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९ साउन देखि ८३ बाख्रा बाट राखेर बाख्रापालन शुरु गरेका हुन् । 

फार्ममा १करोड ३५ लाख लगानी गरेका उनले  त्यसका लागि १४ सय रोपनी बाँझो जग्गालाई प्रयोग  गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्री योग्य छन् । 
रासस 

प्रतिक्रिया