एमसीसी र बीआरआईबाट देशको हित हुने गरी लाभ लिनुपर्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुने गरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हीत हुने गरी लाभ लिन सक्नुपर्ने बताएका हुन् ।उनले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै सरकारले अन्य मुलुकबाट फाइदा कसरी धेरै लिने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने पनि बताए । सभामुख घिमिरेले एमसीसी र बीआरआईबारे जनतालाई बुझाएर राष्ट्र र जनताको हीतमा प्रयोग गर्न आग्रह समेत गरे । सभामुख घिमिरले भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने बताउँदै चीनको बाटो भएर देशमा उत्पादित वस्तु निर्यात गर्न सकिने पनि बताए ।संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ आफूहरुले काम गरिरहेको उल्लेख गर्दै उनले उत्पादनमा वृद्धि गरी देशको अर्थव्यवस्था उच्च बनाउनुपर्नेमा जोड समेत दिए ।

प्रतिक्रिया