५ प्रतिशत नगद लाभांश दिँदै प्राइम कमर्सियल बैंक
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको हो ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।
प्रतिक्रिया