विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छः ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन । आज पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन । मन्त्री बस्नेतले ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले विधेयक संसदमा पेश गर्न लागेको बताए । 
मन्त्री बस्नेतले विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनिकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे । 

प्रतिक्रिया