रबि लामिछाने र छबिलाल जोशी बिरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  एवं पूर्व गृहमन्त्री रवि लामिछाने तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी  बिरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बुधबार पर्सा जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो । यसैगरी  गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशी विरुद्ध पनि पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट  ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो । लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान भइरहेको छ । सो सहकारीको बचत अपचलनमा दोषी देखिएका लामिछाने र जोशी सहित अन्य व्यक्तिहरु बिरुद्ध पक्राउ पुर्जी जारी भएको पर्सा प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया