काठमाडौंको टुँडिखेलमा १ जना मृत फेला

काठमाडौं । काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भन्यो, “निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान  कार्य भइरहेको छ ।” 

शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले बतायो ।

प्रतिक्रिया