नेपाल र चीनबीच बी.आर.आई फ्रेमवर्कमा हस्ताक्षर

बेइजिङ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । 

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री के.पी. शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो ।सहकार्य फ्रेमवर्कमा १० वटा परियोजना समेटिएका छन् । ती १० परियोजना यस्ता रहेका छन् । 

१. हिल्सा–सिमकोट सडक परियोजना
२.टोखा–छहरे सुरुङमार्ग
३. किमाथांका–खाँदबारी सडक र पुल
४. डडेलधुरास्थित अमरगढी सिटी हल
५. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७. मदन भण्डारी विश्वविद्यालय
८.काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,
९. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
१०. झापाको दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

प्रतिक्रिया