रूसी विदेश मन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसन सँग अन्तर्वार्ता

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेश मन्त्री सर्गेई लाभरोभ सँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गरेको छ । 

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमण पछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग अन्तर्वार्ताका लागि मस्को गएका थिए । 

कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्को बीच बढेको तनाव बारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभ सँग छलफल भएको बताए । 

कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सार्वजनिक नगरिकन भनेका छन्, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।” 

कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग अन्तर्वार्ता लिन खोजेको तर, अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाएका छन् । 

डेमोक्र्याट, तथाकथित ‘जागृत’ प्रदर्शनकारी र साम्यवादको आक्रमणमा फसेको संयुक्त राज्य अमेरिका पतनको बाटोमा रहेको राष्ट्रको रूपमा चित्रण गर्न कार्लसनले वर्षौं बिताएका छन् । उनले अमेरिकी फक्स न्यूज छोडे पछि अमेरिकामा विद्यमान सामाजिक प्रणालीमा षडयन्त्रका सिद्धान्तहरू बारे सचेतना जगाउँदै  आएका छन् । केबल नेटवर्कमा उनको प्रसिद्ध कार्यक्रमको प्रशारण अप्रिल २०२३ देखि रोकिएकोे थियो । 

कार्लसनले त्यसपछि यस पहिले ट्वीटरका रूपमा चिनिँदै आएको सामाजिक सञ्जाल एक्समा  कार्यक्रमहरू प्रसारण गर्दै आएका थिए । अहिले उनको आफ्नै ‘स्ट्रिमिङ प्लेटफर्म’, टकर कार्लसन नेटवर्क छ।
रासस 

प्रतिक्रिया