महिला टि ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालद्धारा बहराइन पराजित

नेपालले आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । जितको लागि ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालले लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भाबना मजबुत बनाएको छ । नेपालको जितमा ओपनर कविता कुँवरले १८, सीताराना मगर २ रन जोडे । अतिरिक्त १३ रन जोड्दै नेपालले जित हासिल ग¥यो । त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५ दशमलब ४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनकी कप्तान दीपिकाले सर्वाधिक ११ रन बनाइन् ।  नेपालको जितमा इन्दु बर्माले ३ विकेट लिइन् । खुशी डंगोलले २ र कविता कुँवर र पुजा महतो र रुविना क्षेत्रीले  एक एक विकेट लिए । नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले अव आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् ।
 

प्रतिक्रिया