चितवनमा रवि लामिछानेका समर्थक र प्रहरी बीच झडप

चितवन । चितवनमा रा.स्व.पा. सभापति रवि लामिछानेका समर्थक र प्रहरी बीच झडप भएको छ । 

लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्ज गरेको जनाइएको छ । चौविसकोटी बाट प्रहरी कार्यालय तर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । 

प्रहरीले अवरोध गरेपछि लामिछानेका समर्थकले ढुंगा हानेपछि स्थिती तनावग्रस्त बनेको हो । उता सहारा सहकारी पीडितहरुले पनि न्यायको माग गर्दै चितवनमा प्रदर्शन गरेका छन् । अपचलन भएको बचत फिर्ताको माग गर्दै पीडितले प्रदर्शन गरेका हुन् । 

सहकारीको रकम अपचलन मुद्दामा सभापति लामिछानेको आज पनि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान बिहान नौ बजे 
ेदेखि शुुरु भएको हो । मंगलबार अपरान्ह चार बजे सम्म उनको बयान लिइएको भए पनि नसकिएको भन्दै आज पनि बयान लिइएको हो । 

सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुदैँ चितवनमा बयानका लागि मंगलबार लगिएको थियो । तत्कालीन गार्खा मिडिया प्रा.लि.का सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने माथी बिभिन्न सहकारी बाट रकम लगेको आरोप छ, सोही सिलसिलामा उनी झन्डै एक महिना देखी प्रहरी हिरासतमा रहेका छन् । 

प्रतिक्रिया