स्वरसम्राट नारायण गोपालको आज ३४ औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । स्वरसम्राट नारायण गोपालको आज (बुधबार)३४ औँ स्मृति दिवस मनाइँदैछ ।
नारायण गोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन । उनका ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवन देखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो लगायत दर्जनौ गित लोकप्रिय छन् ।
उनले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्य लक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्री लागायत प्रतिष्ठित पुरस्कार पाएका थिए । काठमाडौं किलागालमा जन्मेका नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो ।
दार्जिलिङकी पेमला लामा सँग विवाह गरेका नारायण गोपाल निःसन्तान रहे । पेमलाको निधन २०६१ असार १६ गते भएको थियो ।
प्रतिक्रिया