कर्णालीका तीन संसदीय समिति नेतृत्व विहीन

सुर्खेत । कर्णाली प्रदेशसभाका तीन वटा विषयगत समिति नेतृत्व विहीन हुँदा सरकार विशेषज्ञ सुझाव बाट वञ्चित  भएको छ । 

प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्व विहीन छन् । अर्थ समिति गत वैशाख देखि, विकास समिति साउन देखि र लेखा समिति गत असोज देखि सभापति विहीन भएका हुन् । 

हाल सम्म यी समितिका सभापति नहुँदा चार वटा विधेयकमा छलफल हुनसकेको छैन । सरकारका कामकारबाही अनुगमन गर्ने र सार्वजनिक महत्वका विषयमा सरकारलाई जवाफदेही बनाउने समिति नै सभापति विहीन भएपछि ती समिति गतिहीन बनेका छन् । 

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सभापतिको पद खाली हुँदा ज्येष्ठ सदस्यले समितिको काम गर्न मिल्ने भए पनि कर्णालीमा त्यो कार्यान्वयन नभएको बताए । 
रासस 

प्रतिक्रिया