एन.पि.एल. क्रिकेट : काठमाडौं  टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.) क्रिकेट अन्तर्गत कर्णाली याक्स विरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ । 

काठमाडौं पहिलो खेलमा चितवन राइनोज सँग पाँच विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो । काठमाडौंको टोलीमा कप्तान करण केसी सहित भीम सार्की, साहव आलम, शङ्कर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन् ।

त्यसैगरी, कर्णालीको टोली कप्तान सोमपाल कामी सहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन् ।
रासस 


 

प्रतिक्रिया