नेवार समुदायको बाहुल्य भएकाे ठाउँमा आज रोपाइँ जात्रा मनाइँदै
उपत्यकासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ । अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपेझैँ अनिय गर्दै नाचिने यो नृत्यले रोपाइँको झल्को दिने गर्दछ । नेपाल भाषामा रोपाइँ जात्रालाई “सिनाज्या जात्रा“ भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ । यो जात्रा मल्लकालबाट चलेको विश्वास गरिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरेको विश्वास गरिन्छ ।।
प्रतिक्रिया