चन्द नेतृत्वका कम्युनिष्ट पार्टीले एमसीसीको विरोधमा आन्दोलन गर्ने

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेकपाको आज विहान बसेको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम घोषणा गरेको हो । अर्को बैठकवाट दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चन्द नेकपाले जनाएको छ । काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने निर्णय सो पार्टीले गरेको छ । लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व शर्माले गर्ने बताइएको छ । त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्नेपनि नेकपाले जनाएको छ । 
 

प्रतिक्रिया