लामो समयदेखि बन्द तातोपानी नाका खुल्ला

चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुलेको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका चीनले खोलेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै आजदेखि स्थानीयको आवागमन खुल्ला गरिएको प्रशासनले जनाएको छ  । प्रशासन कार्यालयका सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । 

प्रतिक्रिया