जन्म दिने आमाबाबु खोज्दै थिइन्, बाबु त फेसबुकमा साथी पो रहेछन्


एजेन्सी । भाग्यले मानिसलाई कहिलेकाहीँ अनौठो संयोग जुराउँछ । जर्जियाकी एक महिलाका लागि पनि त्यस्तै भएको छ ।

सानैमा आफ्ना आमा बाबुबाट अलग्याइएकी तमुन मुसरिज्देले आफ्नै बाबु फेसबुकमा साथी रहेको जब पत्ता लाग्यो त्यो एउटा अनौठो संयोग बन्यो । 

सन् २०१६ मा तमुनलाई हुर्काउने महिलाको मृत्यु भएपछि घर सफा गर्ने क्रममा जर्जियास्थित  जोर्जाकी तमुनले आफ्नो जन्मदर्ताको प्रमाणपत्र भेटिन्। त्यसमा उनको जन्ममिति अर्कै थियो। त्यो देखेर उनी छक्क परिन्।उनलाई आफू धर्मपुत्री रहेछु कि भन्ने शङ्का लाग्न थाल्यो।

आफूलाई जन्म दिने मातापिताको खोजीका क्रममा उनले जोर्जामा हुने गरेको शिशुहरूको तस्करीबारे थाहा पाइन्। शिशु तस्करीका कारण हजारौँ मानिस प्रभावित भएका थिए। शिशु तस्करीका कारण छुट्टिएका सयौँ मानिसलाई उनले तिनका जन्म दिने मातापितासँग पुनर्मिलन गराउन सघाएकी थिइन्।

उनी आफ्ना मातापिताको खोजीमा थिइन्। तर उनका बुवा र उनी फेसबुकमा साथी रहेछन्। त्यसपछि उनले आफना बुबालाई भेटिन अनि खुशीको सीमा रहेन । जर्जियाकी पत्रकार समेत रहेकी तमुना अन्य कैयन परिवारहरूलाई पुनर्मिलन गराउन सफल भएकी थिइन र अहिले  आफ्नै परिवारलाई पनि उनी भेट्टाउन सफल भइन् । 
 

प्रतिक्रिया