महानायक हमालले कृषि सम्बन्धी कार्यक्रम चलाउने

महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढे मात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै महानायक हमालले नेपालको विकास र समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हन् । उनले नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने स्पष्ट पारे । 
महानायक हमालले आधुनिकताको नाममा पुराना संस्कृति मास्ने काम भइरहेकोमा चिन्ता समेत जनाए । कार्यक्रममा कृषक र कृषि प्राविधिकहरुको प्रतियोगिता रेभुलुसनरी एग्रिकल्चर वार (रअ) आगामी माघबाट शुरु हुने जानकारी दिइएको थियो । कार्यक्रम सञ्चालन महानायक हमालले गर्नेछन् । कृषक र कृषि प्राविधिक दुवैतर्फका विजेतालाई १० लाख भन्दा बढी नगद पुरस्कार दिइने बताइएको छ ।

प्रतिक्रिया