जन्मेदेखि तीन वर्षसम्म छोरीलाई दराजमा राख्ने निर्दयी आमा

एजेन्सी । बेलायतमा एउटी आमाले आफ्नी छोरीलाई जन्मेको तीन वर्षसम्म दराजमा लुकाएर राखेको पत्ता लागेको छ । 

यो कुरा पत्ता लागेसँगै अदालतले ती महिलालाई सात वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । अदालतले यसलाई ती महिलाको ’चरम लापरवाही’ मानेको छ।

बालिकाकी वकिलले भनेकि छिन्, “उनले कहिल्यै उज्यालो देखेकी छैनन्, ताजा हावामा सास फेरेकी छैनन्।” घरमा पाहुना आएर बालिका रोएको सुनेपछि मात्र बालिकाको बारेमा थाहा पायौं”।यो मुद्दा चेस्टर क्राउन कोर्टमा सुनुवाइ भएको थियो। जहाँ  आमालाई सजाय दिइयो। यस क्रममा बालिकाकी आमाले बालिकामाथि निर्ममताको चारवटा आरोप स्वीकार गरिन् ।

न्यायाधीश स्टीभन एभरेटले भने कि महिलाले आफ्नी छोरीलाई कुनै पनि प्रकारको स्नेह र हेरचाहबाट वञ्चित गरेकी थिइन्। ती महिलाले न त पर्याप्त खाना दिएकी थिइन, न त बच्चालाई पर्याप्त स्वास्थ्य सेवा नै ।
उनले भने, ‘एउटी बालिकालाई त्यो कोठामा जिउँदो लाशजस्तै बस्न बाध्य पारिएको थियो ।अदालतका अनुसार ती आमाले बालिकाका दाजुभाइले समेत नदेख्नेगरी बालिकालाई लुकाएर राखेकी थिइन् ।

ती आमाले यी बालिकाको जन्मको खबर आफ्नो श्रीमानलाई समत नभनी राखेकी थिइन् । अदालतले बालिका गम्भीर कुपोषित भएको बताएको छ । उनी सात महिनाक िजस्तो मात्रै देखिन्थिइन्, जबकि वास्तविकतामा उनी तीन वर्षकी थिइन् । उनी यति कमजोर थिइन कि उनलाई दूध मिसाएर खानेकुरा खुवाइएको थियो ।

अदालतका अनुसार बोल्न गाह्रो हुनुका साथै बालिकालाई अन्य धेरै समस्याहरू पनि थिए, जसको उपचार उनकी आमाले गरिनन् । 

 यो अपराध सन् २०२० को शुरुदेखि नै हुँदै आएको र २०२३ को शुरुवातसम्म जारी रह्यो । घरमा आएका पाहुनाले सिँढीमा उनको आवाज सुन्दा ती बालिका फेला परेकी थिइन् । सुन्दै अचम्म लाग्ने यो घटनामा
बालिका दराजका फेला परेपछि सामाजिक कार्यकर्तालाई घरमा बोलाइएको थियो । बालिकाको अवस्था देखेर सामाजिक कार्यकर्ता समेत डराएका थिए । सामाजिक कार्यकर्ताले  बालिकाको कपाल  माटोजस्तै भएको र शरीरको छालामा पनि बाक्लो फोहोर देखे । उनले बालिकाकी आमालाई सोधे किन यहाँ राखेको हो ?
जसमा आमाले जवाफ दिइन् हो, म दराजमा राख्छु ।

सामाजिक कार्यकर्ताले भने्, “आमाले कुनै दुःख वा पश्चात्ताप नदेखाएको देखेर मलाई अचम्म लाग्यो। साथमा आमा बाहेक बच्चाले मलाई मात्र देखेको थाहा पाउँदा झनै डर लाग्यो। ”उचित हेरचाह नपाएका कारण अन्य बालबालिकाको तुलनामा बालिकाको राम्रो विकास हुन नसकेको अदालतले जनाएको छ ।

अहिले यी महिला अर्कै परिवारसँग बस्दै आएकी छिन् । प्रहरीसँग कुरा गर्दै महिलाले आफू गर्भवती भएको थाहा नभएको र बच्चा जन्माउँदा निकै डराएको बताइन् । महिलाले प्रहरीलाई बालिका ’उनको परिवारको हिस्सा नभएको’ बताइन्।

अरु सन्तानको कुरा गर्दै उनी रुन थालिन् । पहिले छोराछोरीको राम्रो हेरचाह गर्थिन् । तर अहिले श्रीमानसँग बस्न नसकेको उनले बताइन् ।

न्यायाधीश एभरेटले भने, “मैले मेरो ४६ वर्षको जीवनमा यसभन्दा खराब मुद्दा कहिल्यै देखेको थिइन।”
 

प्रतिक्रिया