भारतमा पहिरोमा फसेका ४ वटा शव फेला
एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धार कर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।
तमिलनाडुको राजधानी चेन्नई बाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा ७ जना फसेका थिए ।
अधिकारीहरूले सोमबार ठूला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन गाह्रो बनाइरहेका बताएका छन् ।तिरुवन्नमलाईमा सोमबार दोस्रो पहिरो गएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा कुनै मानवीय क्षति भए नभएको तत्काल थाहा नभएको अधिकारीहरुले उल्लेख गरेका छन् ।
रासस
प्रतिक्रिया