सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ‘आईपीओ निस्कासन
सर्वसाधारणले प्रतिकित्ता २ सय ४४ रुपैयाँमा आवेदन दिन सक्ने
सर्वसाधारणले प्रतिकित्ता २ सय ४४ रुपैयाँमा आवेदन दिन सक्ने
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १ सय ४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई भने १०० रुपैयाँमा नै पाँच लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । म्युचुअल फन्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने प्रिमियम १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ । साृ अवधिसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा रहेको छ ।।
प्रतिक्रिया