बैंक ठगी मुद्दा लागेकी महिलाको मृत्युदण्डको अपिल अस्वीकार

एजेन्सी । भियतनामको एक अदालतले मंगलबार घरजग्गा व्यवसायी महिला ट्रुयलन्ग माई लानलाई १२ अर्ब डलरको बैंक ठगी मुद्दामा दोषी ठहरयाउँदै मृत्यु दण्डको सजाय रोक्न गरेको अपील अस्वीकार गरेको छ । 

बैंक ठगी,घोटाला र घूसखोरीको आरोप लागेकी उनले सजाय बिरूद्ध  अदालत समक्ष  अपील गरेकी थिइन् । तर अदालतले त्यसलाई अस्वीकार गर्दै मृत्युदण्डको सजायलाई कायम गरेको हो । 

 भान थिन्ह फाट होल्डिंग्स समूहकी अध्यक्ष लानलाई भियतनामको सबैभन्दा ठूलो वित्तीय ठगी मुद्दामा उनको भूमिकाको लागि गत अप्रिलमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

दक्षिणी हो ची मिन्ह सिटीको उच्च जन अदालतले लानको मृत्युदण्ड घटाउने कुनै आधार नभएको निर्णय गरेको हो । यससँगै उनले  अपील हारेकी छिन्।

६३ वर्षीया वृद्धा लानलाई गत अप्रिलमा अनुसन्धानका क्रममा  देशको पाँचौं ठूलो ऋणदाता साइगन कमर्सियल बैंकलाई गोप्य रूपमा नियन्त्रण गरेको र शेल कम्पनीहरूको वेबमार्फत १० वर्षभन्दा बढी समयसम्म ऋण र नगद लिएको पत्ता लागेपछि मृत्यु दण्डको सजाय सुनाइएको थियो । त्यसबिरुद्धको अपिल उनले हारेकी हुन् र 

भियतनामको कानूनमा ७५ प्रतिशत आफूले बैंकबाट लिएको रकम फिर्ता गरेका मृत्युदण्डको  सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिने उल्लेख छ । उनी भियतनाममा  अपराधको लागि मृत्युदण्डको सजाय पाएका थोरै महिला मध्ये एक हुन्। तर यो उनको अन्तिम अपील होइन  उनले अझै पनि राष्ट्रपतिलाई आममाफीको लागि निवेदन दिन सक्छिन्।
 

प्रतिक्रिया