नेपालकी  शिलशिला आचार्य विश्वका १०० जना  प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना  प्रभावशाली महिलाको सूची सार्वजनिक गरेकोमा त्यसमा नेपालकी शिलशिला आचार्य पनि परेकी छिन् । 

 बीबीसीले बिश्वका बिभिन्न बिधामा काम गरेका महिलाहरुलाई १०० जनाको सूचिमा राखेको हो। यसमा नोबेल पुरस्कार बिजेता  लगायत बिभिन्न क्षेत्रमा काम गरेका महिलाह्रु रहेका छन् । 

शिलशिला  नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहोर व्यवस्थापन सम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ।

आचार्यले सन् २०१४ मा ’धन्यवाद, म आफैँ झोला बोक्छु’ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो ।

बीबीसीका अनुसार आचार्य वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो।
उनको कामको परिणाम कै कारण आदिवासी महिलाहरूले सङ्कलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।
 

प्रतिक्रिया