सुनको मूल्य बढ्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ ।
सोमबार प्रतितोला १ लाख ४९ हजार ३ सयमा कारोबार भएको सुन मंगलबार बढेर १ लाख ५० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १८ सय १५ मा कारोबार भएको चाँदीको मूल्य मंगलबार १८ सय ४५ कायम भएको छ ।
रासस
प्रतिक्रिया