नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर
चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री के.पी. शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच ग्रेट हल अफ पिपलमा दुई पक्षीय भेटवार्ता पछि आपसी सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको होे ।
वार्ता अघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा सोमबार बेइजिङ आइपुगेको हो ।
रासस
प्रतिक्रिया