युद्धविराम पछि लेबनानमा इजरायलले गरेको आक्रमण बाट ९ जनाको मृत्यु
एजेन्सी । इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् । इजरायलले सोमबार बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको हो ।
हिजबुल्लाहले सैन्य पोस्टलाई निसाना बनाएर आक्रमण गरेको भन्दै इजरायलले त्यसको बदलामा आक्रमण गरेको बताएको छ । दुवै पक्षले एकअर्कालाई गएको हप्ताको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । सोमबारको हिंसाले इजरायल र हिजबुल्लाह बीच १३ महिना देखि भइरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गएको हप्ता भएको ६० दिनको युद्धविरामको कार्यान्वयनमा कमजोरी देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माभ्यमका अनुसारइजरायलको पछिल्लो आक्रमणमा दुई दक्षिणी लेबनानी गाउँहरूमा ९ जनाको ज्यान गएको छ । इजरायली सेनाले युद्धविराम सम्झौता प्रति आफ्नो प्रतिबद्धता रहेको भन्दै लेबनान भरि विद्रोही समूह हिजबुल्लाहलाई र उनीहरुको पूर्वाधारमा मात्र लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्दै इजरायलले अझै बलपूर्वक जवाफ दिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया