रवि लामिछानेलाई चितवन लगियो
एजेन्सी । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रा.लि.का सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज (मंगलबार) चितवन लगिएको छ ।
साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भए पछि बयानको लागि काठमाडौं बाट लामिछानेलाई सिधै चितवन लागिएको हो ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं सोमबार बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डि.आइ.जी. छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति चितवनले सोमबार जिल्ला भेला सम्पन्न गरी आज देखि लामिछानेलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गर्ने तयारी समेत गरेको छ ।
प्रतिक्रिया