आज जनै पुर्णिमा, नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो अर्थात रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ , अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । आज मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर,े पाँचपोखरी, जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा मेला लाग्दछ ।। 

मिथिलाञ्चलमा रक्षाबन्धन 

भाइ–बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन पर्व  महोतरी लगायत मिथिला क्षेत्रमा विशेष उत्साहका साथ मनाइएको छरु। भाइ–बहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुटने प्रतिबद्धता जनाइने यो पर्व मिथिलाञ्चल क्षेत्रको सांस्कृतिक पर्व होरु।रक्षा बन्धनमा दिदी–बहिनीले राखी बाँधेर दाजु–भाइलाई मिष्ठान भोजन खुवाउने चलन छरु। दाजु–भाइले दिदी–बहिनीलाई उपहार दिने परम्परा छरु। 
राखीका लागि दाजुभाइ कार्यरत क्षेत्रबाट घर फर्किने गर्छनरु। दाजुभाइ राखी बाँध्न पुग्ने गर्नाले चेली र माइती पक्षबीच रक्षाबन्धनले सम्बन्ध सुधारमा समेत विशिष्ट भूमिका निर्वाह गर्दछ । श्रावण शुक्लपक्ष पूर्णिमाका दिन ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधीदिने परम्परा पनि छरु। तर मिथिलाञ्चलमा भने मुख्य आकर्षण चाहि दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । 
सत्ययुगमा तीनै लोक स्वर्ग, मत्र्य र पातालको अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा राखी बाँधिदिएको र युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षबन्धन  मनाउने गरिएको होरु। दिदी–बहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ। 

प्रतिक्रिया