कीर्तिपुरको मतगणना अन्तिम चरणमा, अप्रत्याशित जित हुने सम्भावना

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । १० वटा  मध्ये ९ वटा वडाको गणना सकिएको छ । अहिले वडा नम्बर १० को गणना भइरहेको छ ।

निर्वाचन आयोगको विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ५ हजार ६९ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले ४११९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३९९७ मत प्राप्त गरेका छन् ।

कुल ३१ हजार १ सय १२ मतदाता रहेको कीर्तिपुर नगरपालिकामा आइतबार भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको थियो । 

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया