कोशीका नवनियुक्त मन्त्री भण्डारीले लिए शपथ
काठमाडौं । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै उनलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए ।
प्रतिक्रिया