इडालिया आँधीवाट अमेरिकाका फ्लोरिडा, सहति तीन राज्यमा भीषण हावाहुरी र वर्षा

अमेरिकाका विभिन्न राज्यहरुमा समुद्री आँधी इडालियाले क्षति पु¥याएको छ । इडालिया नामक समुद्री आँधीले क्यालिफोर्निया सवैभन्दा बढी प्रभावित भएको छ । अन्य राज्यहरुमा पनि तिब्र गतिको हावासहित भारी वर्षा भएको छ । तीब्र गतिको हावाका कारण अमेरिकाभरी एक हजार बढी हवाई उडान रद्द भएका छन् । आँधीका कारण साउथ वेस्ट एअरलाईन्सले २२० उडान रद्द गरेको छ । त्यस्तै डेल्टा एअरले १६० वटा उडान रद्द गरेको छ । आँधीका कारण राष्ट्रपति बाइडेनका कार्यक्रमहरु पनि प्रभावित भएको बताइएको छ । राष्ट्रपति वाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गरेका छन । आजदेखि आँधीको गति मत्थर हुदै जाने मौसमविद्हरुले जनाएका छन् ।

जापान 

प्रतिक्रिया