कीर्तिपुरमा कांग्रेसले झनै बढायो मतान्तर, माओवादी अझै तेस्रोमा

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । 

उनले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेका छन् । मानन्धरसँग डंगोलले अहिले एक हजारको मतान्तर पुर्‍याएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ७ सय ४० मत प्राप्त गरेका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कीर्तिपुरका आठ वटा वडाको गणना सकिएको । १० वटा वडा रहेको यस नगरपालिकाको अब दुई वटा वडामात्रै गणना गर्न बाँकी छ ।

प्रतिक्रिया