गौरिशंकरमा माओवादीलाई उछिन्दै एमालेले लियो अग्रता

काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना जारी रहँदा माओवादीलाई उछिनेर एमालेले अग्रता लिएको छ ।

एमालेकी उमा लुंगेली मगर शेर्पाले १९६९ मत प्राप्त गर्दा माओवादीकी निम लेकी शेर्पाले १९०६ मत पाएकी छन् । उनले ६६ मतान्तरको अग्रता लिएकी छन् । यता कांग्रेसकी पासदिकी तामाङले १२७८ मत पाएकी छन् । 

यसअघि एमाले उम्मेदवार भन्दा माओवादी उम्मेदवार दोब्बर मतान्तरले अगाडि थिइन् ।

प्रतिक्रिया