कीर्तिपुरमा कांग्रेसका उम्मेदवार डंगोल मतान्तर बढाउँदै, एमालेका मानन्धर पछिपछि

काठमाडौं । कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

डंगोलले ३ हजार ३ सय ८५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले २ हजार ७ सय २६ मत प्राप्त गरेका छन् । एमालेका मानन्धर भन्दा कांग्रेसका डंगोल ६ सय ५९ मतान्तरले अगाडि छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले २ हजार ३ सय १७ मत पाउँदा केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरेका छन् ।

कुल ३१ हजार १ सय १२ मतदाता रहेको कीर्तिपुर नगरपालिकामा आइतबार भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको थियो । 

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया