महिला टि ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोट आजदेखि सुरु
नेपालले आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अहिले घरेलु टोली मलेसियासँग खेल्दैछ । आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ । बिहान मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनाएको हो । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । नेपाल घरेलु टोली मलेसियालाई हराउँदै विश्वकप छनोटमा सानदार विजयी सुरुवात गर्ने प्रयासमा छ । अघिल्लो साता नेपाल चार देश सम्मिलित महिला टि ट्वान्टी आई सिरिजमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।नेपालले पावर प्लेमा कमजोर प्रदर्शन गर्दै आएको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।।
प्रतिक्रिया