कीर्तिपुरमा कांग्रेसको अग्रता यथावत, एमाले-माओवादी पनि पहिलेकै स्थानमा

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना जारी रहँदा कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायमै राखेका छन् । 

पछिल्लो मत परिमाण अनुसार उनलाई एमाले र माओवादी उम्मेदवारहरूले पछ्याइरहेका छन् ।

डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका सुरेन्द्र मानन्धरले २ हजार ३ सय ८४ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । एमालेका मानन्धर भन्दा डंगोल मतान्तर बढाउँदै ५ सय ४६ मतले अगाडि छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ८३ मत प्राप्त गर्दा केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ११ सय १३ मत प्राप्त गरेका छन्  भने  राप्रपाले ४ सय २३ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया