पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताएका हुन । 
मन्त्री किरातीले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रवद्र्धन गर्ने योजना नसच्याएसम्म बजेट नआउने उल्लेख गरे । 
मन्त्री किराँतीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरु ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताए ।  बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको उनको भनाइ थियो । मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेपनि उल्लेख गरे । राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको उनको भनाइ थियो ।
 

प्रतिक्रिया