कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमाले दोश्रोमा, माओवादी तेस्रो स्थानमा

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयरका लागी उपनिर्वाचनको मतगणना जारी हुँदा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको मतान्तर घटेको छ । केहि समय अगाडि ५ सय मतान्तरले अग्रता लिएका डंगोलको अहिले भने मतान्तर घटेको हो ।

डंगोलले २ हजार ४२१ मत प्राप्त गर्दा एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१  मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारभन्दा कांग्रेसका उम्मेदवार ३६० मतले अगाडि छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गर्दा केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ९६५ मत  पाएका छन् ।

कुल ३१ हजार १ सय १२ मतदाता रहेको कीर्तिपुर नगरपालिकामा आइतबार भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको थियो । 

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया