कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमाले दोश्रो स्थानमा

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरका लागि आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ५ सय मतान्तरले अग्रता लिएका छन् ।

सोमबार मध्याह्नसम्म डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले १३७८ मत पाएका छन् । उनीहरूबीच ५१४ मतको अन्तर छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन तेस्रो स्थानमा छन् । उनले ११८८ मत प्राप्त गरेका छन् ।

चौथो र पाँचौं स्थानमा स्वतन्त्र उम्मेदवार छन् । चौथोमा राजमान महर्जनले ७३६ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया