बालबालिका सुधार संस्थामा नै घटना हुनु दुःखद्: विज्ञ

बालबालिका सुधारका लागि राखिएका संस्थामा नै घटना हुनु दुःखद् भएको विज्ञहरुले बताएका छन । केही दिनअघि भक्तपुरको बाल सुधार गृहमा रहेका बालबालिकाहरु सुधारगृह तोडफोड गरी भागेको सन्दर्भमा विज्ञहरुले चिन्ता प्रकट गरेका हुन् । बालबालिकाको क्षेत्र राज्यको प्राथमिकतामा कहिल्यै नपर्दा यस्तो समस्या आएको उनीहरुको भनाइ छ । १८ वर्ष पुगेका बालबालिकाहरुलाई सुधार केन्द्रमा राख्ने कि छुट्टै कारागारमा राख्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा पनि समस्या आएको कानुृनविद् बताउँछन् ।
२०५७ सालमा बाल सुधार गृह सानोठिमी पहिलो पटक निर्माण भएपछि अहिले देशभर आठ वटा केन्द्रहरु रहेका छन । तर ति केन्द्रहरु बालमैत्री हुन नसकेको सरोकारबालाको भनाइ छ ।

प्रतिक्रिया