सुन तस्करी प्रकरण अनुसन्धानका लागि एसएसपी आचार्य हङकङ प्रस्थान

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ गएका छन । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी आचार्य गएराति हङकङ गएका हुन । प्रहरीले चीन, हङकङ, सिंगापुर, भारत लगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छरु। यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समातिएका ६ जनाविरुद्ध इन्टरपोलबाट पर्पल नोटिस जारी हुने भएको छ । सीआईबीले पठाएको पत्रका आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो एनसीबी काठमाडौंले फ्रान्सको लियोनस्थित हेडक्वार्टरलाई पर्पल नोटिस जारी गर्न सिफारिस गरेको हो । चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र लीसमेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङविरुद्ध पर्पल नोटिस जारी गर्न सिफारिस गरिएको हो । गएको असार २९ गते हङकङबाट ब्रेक शुभित्र सुन लुकाएर ल्याएको खुलेको थियोरु । साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । विभागले तीन हप्ता अनुसन्धान गरेर संगठित अपराध कसुरमा अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियोरु। बरामद गरिएको ब्रेक शुभित्र रहेको सुन गालेपछि ६० किलो ७ सय १६ ग्राम भएको थियो । सुन प्रकरणमा प्रहरीले हालसम्म २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।।  

प्रतिक्रिया