५० प्रतिशत दिउँसो २ बजे सम्म स्थानीय तह उपनिर्वाचनमा मत खस्यो

काठमाडौं । मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म  ५० प्रतिशत  मत खसेको छ ।  आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म  ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलले भनिन मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत  मत खसेको बताइन् । आयोगले मतदानको रेसियो हेर्दा ६० प्रतिशत बढी मत खस्ने अनुमान गरेको छ । यो उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।

 नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया