धनुषामा शान्तिपुर्ण रुपमा मतदान जारी
धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–१ मा उपनिर्वाचन अन्तर्गत मतदान जारी छ ।
वडामा ३ हजार २ सय ४० मतदाताका लागि तीन वटा मतदान केन्द्रमा चार वटा बुथ व्यवस्था गरिएको छ । मतदान शान्तिपुर्ण रुपमा भैरहेको निर्वाचन अधिकृतले बताएका छन । वडाध्यक्ष पदमा कांग्रेस, एमाले, माओवादी, जनमत लगायत विभिन्न दलका प्रतिनिधि सहित स्वतन्त्र उम्मेदवार गरी २१ जना प्रतिस्पर्धामा छन् । यस अघिका वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।
उनी नेपाली कांग्रेस बाट निर्वाचित भएका थिए । वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस बाट अशोककुमार मण्डल, नेकपा एमाले बाट प्रमोद यादव, माओवादी केन्द्र बाट सुनिल कापर, एकीकृत समाजवादी पार्टी बाट गोपाल साह सुडी, ज.स.पा. नेपाल बाट अजयकुमार यादव प्रतिस्पर्धामा छन् ।
त्यस्तै, जनमत पार्टी बाट कुशेश्वर मण्डल बहुजन एकता पार्टी बाट नेपाल बाट प्रमिलाकुमारी सदा, नेकपा एकीकृत माले बाट प्रमोद यादव, रा.प्र.पा. बाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रामदेवसिंह दनुवार, राजपा नेपाल बाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, नौ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्
प्रतिक्रिया