रवि लामिछानेको बयान आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा बयान जारी छ । 

काठमाडौं कालपटि स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन बारे शुक्रबार देखि उनको बयान सरकारी वकिलको कार्यालयमा भइरहेको हो । 

पोखरा हिरासतमा रहेका रविलाई अनुसन्धानका लागि पोखरा बाट बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबार बिहान देखिनै उनको बयान शुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार ६ घण्टा सम्म रविको बयान लिएको थियो । 

स्वर्णलक्ष्मी सहकारी मार्फत भएको अनियमितता प्रकरणमा रवि विरुद्ध  मंसिर २ गते पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया