यसरी हुँदैछ स्थानीय तह उप-निर्वाचन (तस्बिरहरु)
काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
गरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
मतदान शुरु भएका क्षेत्रमा बिहानै देखि लाइन लागेर मतदाताहरुले मतदान गरिरहेका छन् । प्रस्तुत छ स्थानीय
उप-निर्वाचनका केही तस्बिरहरू :
प्रतिक्रिया